आज :

एमालेले सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गरेपछि देउवा भेट्न गल्फुटार पुगे नेपाल 

  • अनलाइन डबली

काठमाडौँ । प्रदेश प्रमुखले पुनः दिएको समय सीमा आज सकिँदैछ । एउटै पार्टीका दुई जना प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुख नजिर मियाँले पुन २ दिनको समय दिएर पुनः दाबी पेश गर्ने आह्वान गरेका हुन् ।

गठबन्धनमा नागरिक उन्मुक्ति पार्टीलाई सरकारको नेतृत्व दिएसँगै नेपाली काँग्रेससँग मिल्न गएको नेकपा एकीकृत समाजवादी अन्ततः फिर्ता भएको छ । पार्टी नै विभाजन हुने अवस्था सिर्जना भएपछि अध्यक्ष माधव कुमार नेपाल अन्तिम काँग्रेससँगको सहकार्यबाट पछि हट्न बाध्य भएका थिए ।

एकीकृत समाजवादीले बुधबार प्रदेससभा दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गर्यो । तर सोडारीलाई मुख्यमन्त्री मान्न नेकपा एमाले तयार भएको छैन । विभिन्न विवादमा परेका सोडारीलाई भन्दा अर्को पात्र अघि सार्न एमालेले आग्रह गरेको थियो तर एसले मान्न तयार भएको छैन ।

सुदूरपश्चिममा खटपट भइरहेको बेला एसका अध्यक्ष माधव कुमार नेपाल बुधबार साँझ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न गल्फुटार पुगेका छन् ।

केही समयदेखि एसका नेताहरुले एमाले बाहेकको गठबन्धन बनाउन कसरतमै छन् । सुदूरश्चिमको विषयले काँग्रेस र एसलाई नजिक ल्याएको छ ।

गाल्फुटारस्थित कांग्रेसका एक नेताको घरमा देउवा र नेपालबीच पौने एक घण्टा भेटवार्ता भएको बताइएको छ । स्रोतहरुका अनुसार भेटमा वैकल्पिक गठबन्धनबारे पनि छलफल भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal