आज :

गृहमन्त्री रवि लामिछानेविरुद्ध सडकमा नाराः रवि तेरो पाराले दुःख पाए साराले…

  • अनलाइन डबली

काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्ध देशका विभिन्न ठाउँमा प्रदर्शन बढ्दै गएका छन् । बुटवल, पोखरा हुँदा बुधबार काठमाडौंमा लामिछानेविरुद्ध सडकमा नारा गर्दै विद्यार्थीहरुले राजिनामा मागेका छन् ।

पोखरा र बुटवलमा लामिटानेले ऋण लिएका सहकारी पीडितहरु सडकमा निस्किएका थिए भने काठमाडौंमा नेपाली काँग्रेस निकट विद्यार्थीहरु सडकमा निस्किएर राजिनामा माग गरेका थिए ।

नेपाल विद्यार्थी सङ्घ आरआर क्याम्पस इकाईले बुधवार सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै प्रदर्शन गरेका  हुन । विद्यार्थीहरुले गृहमन्त्रीको पुत्ला दहन तथा मार्सल जुलुससमेत निकालेका थिए ।

विद्यार्थीहरुले ‘रवि तेरो पाराले दुःख पाए साराले…’ जस्ता नारा लगाउँदै राजिनामा मागेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal