आज :

काभ्रेको सिपालीस्थित बुद्धचित्त रुख काटेकाे जिम्मा माओवादीले लियो, यस्तो छ विज्ञप्तिसहित 

  • अनलाइन डबली

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–५ सिपालीस्थित बुद्धचित्त मालाको रुख काटेको घटनाको जिम्मा नेकपा (माओवादी)ले लिएको छ । माओवादीका महासचिव महावीर विज्ञप्ति जारी गरेर उक्त रुखका कारण स्थानीय जनतामाथि राज्य र दलाल तथा तस्करले पटकपटक दुःख दिने गरेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ”चैत्र २९ गते ११ः०० बजे काभ्रेको रोशी गाउँपालिका ५ सीसाखानीका उत्पीडित समुदायमाथि सदियौंंदेखि दलाल सत्ताको राज्य प्रशासनको आडमा तस्करहरु र दलाल राजनीतिक दलको नेतृत्व र त्यसका गुण्डाहरुको कारण बुद्धिचित्त मालाका रुपमा प्रयोग गरिने रुखको कारण त्यहाँका जनतालाई पटकपटक राज्यद्वारा दुःख दिने र झुटा मुद्दा लगाई उत्पीडनमा पार्दै आएका छन् । त्यही रुखका कारण कयौं सर्वसाधारण अहिले झुटा मुद्दा लगाएका र कारागारमा बस्न बाध्य पारिएका छन् ।”

उत्पीडित र सर्वसाधारण जनताको माग बमोजिम बुद्धचित्त मालाको रुख आफ्नो पार्टीको नेतृत्वमा काटिएको महासचिव महावीरले गराएका छन् । उनले दलाल राज्य प्रशासनले जनताको पार्टी र जनताको सेना र सत्ता निर्माण भइसकेको हुँदा जनतालाई दमन र धरपकड गर्न कोशिस गरेमा पार्टीले जस्तोसुकै प्रतिरोध गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

स्थानीय शेरबहादुर तामाङको बारीको उक्त रुख बार्षिक ३ करोड रुपैयाँमा सम्झौता भएको थियो ।

यो क्षेत्रमा बुद्धचित्तको माला व्यपारी र तस्करबीच लामो समयदेखि विवाद हुँदै आएको थियो । व्यपारी र तस्करका कारण गाउँमा अशान्ति फैलिँदै आएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal