आज :

मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

  • अनलाइन डबली

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार चौँथो पटक विश्वासको मत लिँदैछन् । प्रदेशसभाको मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

गतवर्ष भएको आमनिर्वाचनपछि जनता समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका यादव नै निरन्तर मुख्यमन्त्री छन् । तर, केन्द्रीय गठबन्धनमा हुने फेरबदलले यादवलाई पटक–पटक विश्वासको मत लिनुपर्ने परिस्थिति बनेको हो । पछिल्लो पटक गत फागुन २१ गते संघमा गठबन्धनमा फेरबदल भएपछि चैत ५ गते कांग्रेस मधेसको सरकारबाट बाहिरिएको थियो ।

त्यसपछि नेकपा एमाले सरकारमा सहभागी भएको थियो । चैत ९ गते कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानबमोजिम यादवले मंगलबार विश्वासको मत लिन लागेका हुन् ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा सबैभन्दा ठूलो दल एमालेका २५, कांग्रेसका २२, जसपाका १९ र जनमतका १३ सांसद छन् । त्यस्तै, लोसपाका ९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नेपाल संघीय समाजवादी, नागरिक उन्मुक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीका १÷१ सांसद रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal