आज :

सुदूरपश्चिम प्रदेश सरकार गठनको लागि आज अन्तिम दिन, कैलाशलाई मुख्यमन्त्री बनाउने तयारी

  • अनलाइन डबली

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि दिएको समय सीमा आज अन्तिम दिन । नयाँ गठबन्धन बनेसँगै नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले विश्वासको मत गुमाएका थिए ।

शाहले विश्वासको मत गुमाएपछि मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

शाहले राजिनामा दिएसँगै प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकारको लागि आज साँझ ५ बजेभित्र दाबी पेश गर्न आह्वान गरेका थिए ।

गठबन्धन दलमा मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई दिने सहमति भइसकेको छ । तर, नाउको आन्तरिक किचलोका कारण मुख्यमन्त्री कसलाई बनाउने भन्ने कुनै टुंगो लागेको छैन ।

पार्टी अध्यक्ष रञ्जित श्रेष्ठले कैलाश चौधरी र संरक्षक रहेका रेशम लाल चौधरीले लक्ष्मणकिशोर चौधरी र घनश्याम चौधरीमध्ये एउटालाई मुख्यमन्त्री बनाउन खोेजेका छन् ।

नाउपाकी अध्यक्ष आज धनगढी जाने तयारीमा छन् । उनी उता पुगेपछि कैलाशलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने र निर्धारित समयभित्रै  नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा दाबी गर्ने तयारी भइरहेको छ ।

नाउपाभित्र ठूलो आन्तरिक घटना नभए कैशाल चौधरी सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने निश्चित जस्तै छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal