आज :

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज, विमला घिमिरेको जित निश्चित

  • अनलाइन डबली

काठमाडौँ । आज राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन हुँदै छ । नयाँ समिकरणको तर्फबाट नेकपा एमालेकी नेतृ विमला घिमिरे र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएकी छन् ।

गठबन्धनकी उम्मेदवार घिमिरेको प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद गोपीबहादुर सार्की अछामी रहेका छन् ।

त्यसैगरी पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट रहेका छन् ।

राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका नेता नारायण दाहाल निर्वाचित भएपछि तत्कालिन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी थिइन् ।

नयाँ गठबन्धनमा उपाध्यक्ष एमालेको भाग परेको थियो ।

संसदमा रहेको गणितअनुसार गठबन्धनकी उम्मेदवार विमला घिमिरेको जित निश्चित जस्तै रहेको छ ।

गठबन्धन दलहरुले आआफ्नो दलमा ह्वीप जारी गरेका छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal