काठमाडौँ । लामो प्रयासपछि नेकपा एमालेका नेता यामलाल कँडेल कर्णाली प्रदेशको मुख्यमन्त्री बन्न सफल भएका छन् । नयाँ समिकरण बनेसँगै कँडेललार्य कर्णालीको मुख्यमन्त्री बन्ने अबसर जुरेको हो ।
सोमबार साँझ प्रदेश प्रमुख तिलक परियारले उनलाई मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
कँडेलले गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए ।
कर्णालीमा सरकार गठनका लागि २१ जना सांसद्को आवश्यकता पर्छ ।