आज :

सभामुख र शीर्ष नेताबीचको बैठक बिना निर्णय सकियो, काँग्रेसको अडान कायमै

  • अनलाइन डबली

काठमाडौं । संसदको सम्भावित गतिरोध रोक्ने उद्देश्यले प्रमुख दलका नेतासँग परामर्श गर्न सभामुख देवराज घिमिरेले बोलाएको बैठकले कुनै निर्णय गर्न सकेन । नेताहरुले आआफ्ना अडान नछोडेपछि बैठक निर्णय गर्न असफल भएको हो ।

मुख्य विपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रबि लामिछाने सहकारीको बचत अवैध अपचलनमा संलग्न भएको भनि संसदीय समितिमा परेको उजुरी र अन्य कार्बाहीका मागहरुबारे छानविन गर्न संसदीय समिति गठनको माग गरिरहेको छ । सरकारले आफ्नो माग उपेक्षा गरेको भन्दै कांग्रेस संसदको आगामी बैठक अवरुध्द गर्ने निर्णयमा पुगेको छ । दलका नेतासँग यही बिषयमा परामर्श गर्न सभामुखले बैठक बोलाएका थिए ।

प्रधानमन्त्री प्रचण्डसहित बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो ।

नेपाली काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले गृहमन्त्री रबि लामिछानेको नाम मुछिएको सहकारीको रकम अपचलनको बिषय छानविन गर्न संसदीय समितिको माग सम्बोधन नगरेकोले बैठक कुनै निर्णय गर्न असफल भएको बताए । उनले अब संसदका कुनै पनि बैठक र काम कारबाही अवरुद्ध भए त्यसको जिम्मेवारी सरकारले लिनु पर्ने बताए ।

उनले भने, ‘अहिलेसम्म सदासयपूर्वक प्रस्तुत भएका छौ, आफ्नो माग राखेका छौ । संसदलाई अवरोध गरेका छैनौ तर सरकार गैरजिम्मेवार ढङ्गले प्रस्तुत हँुदैछ । सरकार गम्भिर हुन सकेको छैन् र सरकारले हाम्रो संसदीय समितिको माग सम्बोधन नगरेको हुनाले अब संसदका कुनै पनि बैठक र काम कारबाही अवरुद्ध भयो भने त्यसको जिम्मेवारी सरकारले लिनु पर्छ ।’

देशका विभिन्न सहकारीहरुमा रकम अपचलन गर्ने र दुरुपयोग गर्ने लगायतका कामहरु भएको भन्दै त्यसको छानविनको लागि आफूहरु अडानमा रहेको बताए ।

उनले भने, ‘हाम्रो कुरालाई यथावत राख्यौं, लाखौं लाख नेपाली नागरिकको पैसा सहकारीहरुमा बचत गरिएको छ । देशका विभिन्न सहकारीहरुमा रकम अपचलन गर्ने, दुरुपयोग गर्नेलगायतका कामहरु भएका छन् । यो सन्दर्भमा बहालवाला मन्त्रीहरुकै पनि कुरा उठेको छ । हामीले त्यसमा संसदीय समिति माग गरेका छौ । हामीले हाम्रो कुरा स्पष्ट राखेका छौ ।’

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal