आज :

लुम्बिनी र गण्डकी प्रदेशमा नयाँ सरकार, कोशीमा छलफल जारी

  • अनलाइन डबली

काठमाडौं । लुम्बिनी र गण्डकी प्रदेशमा नयाँ सरकार बनेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले शपथ लिएका छन् । शुक्रबार मुख्यमन्त्री भएका महराले आइतबार प्रदेश प्रमुख अमिक शेरचनसँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

मुख्यमन्त्री महराले आजै मन्त्रिमण्डल बिस्तार गरेका पनि छन् । विस्तारित मन्त्रिमण्डलमा माओवादी केन्द्रबाट दीपेन्द्र पुन, नेकपा एमालेबाट चेतनारायण आचार्य र जसपाबाट भण्डारीलाल अहिरलेलाई विना विभागीय मन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीहरूलाई पनि आइतबारै प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका छन् ।

त्यसैगरी गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पनि आज शपथ लिएका छन् । बहुमत सांसद जुटाएर दाबी पेश गरेका अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनियताको शपथ गराएका हुन् ।

मुख्‍यमन्त्रीसँगै माओवादीका हरिबहादुर चुमान र स्वतन्त्र सांसद दिपक मनाङेले पनि मन्त्रीको शपथ लिएका छन् ।

यसअघि आइतबार बिहान मात्रै गण्डकी प्रदेश, एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल समेतको समर्थन लिएका थिए ।

कोशी प्रदेशमा नयाँ सरकारको लागि गठबन्धन दलका नेताहरु छलफलमा जुटेका छन् । मुख्यमन्त्री केदार कार्कीले राजिनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएर बहुमत जुटाएर दाबी पेश गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal