आज :

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको लागि महराले पेश गरे दाबी, ४४ सांसदका समर्थन

  • अनलाइन डबली

काठमाडौँ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको लागि नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले दाबी पेश गरेका छन् । प्रदेशसभाका बहुमत सदस्यको हस्ताक्षरसहित शुक्रबार प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन् ।

विहीबार चार पार्टी र एक स्वतन्त्र सांसदले महरालाई नयाँ मुख्यमन्त्रीको लागि समर्थन गर्ने सहमति गरेका थिए ।

सोही अनुसार माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जसपा र स्वतन्त्र २ जनासहित ४४ जना सांसदको समर्थन पेश गरेका छन् ।

विश्वासको मत जुटाउन नसकेपछि विहीबार मुख्यमन्त्री डिल्ली चौधरीले राजीनामा दिएका थिए । प्रदेश प्रमुख शेरचनले आज शुक्रबार मात्र तीन दिनको समय दिएर संविधानको धारा १६८ (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार बनाउन आह्वान गरेका थिए ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal