आज :

गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीको लागि ७ दिनभित्र दाबी पेश गर्न आह्वान

  • अनलाइन डबली

काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न ७ दिनको समय दिइएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले २७ चैतको दिउँसो ३ बजेभित्र नयाँ मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ उपधारा (२) अनुसार नै बहुमतको सरकार गठनको लागि दलहरूलाई मौका दिएका हुन् ।

यो समयभित्र कुनैपनि दलले बहुमत पेस गर्न नसके उपधारा (३) अनुसार ठुलो दलको नेताको हैसियतमा पाण्डे नै मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।

प्रदेशसभाको अंक गणितलाई हेर्दा सजिलै बहुमत जुटाउन सक्ने अवस्था देखिदैन । त्यसैले ठूलो दलको हैसियतमा पाण्डे पुनः मुख्यमन्त्री नियुक्त हुने सम्भावना रहेको छ । उनले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal