आज :

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति पार्टीद्वारा ह्वीप जारी

  • अनलाइन डबली

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति पार्टीले ह्वीप जारी गरेको छ ।

अध्यक्ष रञ्जिता श्रेष्ठले मंगलबार विश्वासको मत नदिन पार्टीबाट निर्वाचित सांसदहरुलाई निर्देशन दिएकी छन् ।

यससअघि पार्टीबाट सरकारमा सहभागी एक सांसदलाई कारवाहीको सिफारिस गरेकी थिइन् । ह्वीप नमान्ने सांसदलाई कारवाही गर्ने अध्यक्ष श्रेष्ठले चेतावनी समेत दिएकी छन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार नै विश्वासको मत लिँदैछन् । हाल नागरिक उन्मुक्ति पार्टीका ५ जना सांसद शाह नेतृत्वको सरकारमा नै सामेल छन् ।

अध्यक्ष श्रेष्ठले पार्टी संसदीय दलको विधान नभएकाले पार्टीको महत्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार केन्द्रीय अध्यक्षलाई रहेको दाबी गरेकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal