आज :

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजिनामा, फेरि आफ्नै नेतृत्वमा सरकार बनाउने कसरतमा

  • अनलाइन डबली

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई भेटर मुख्यमन्त्री पाण्डेले राजीनामा पत्र बुझाएका थिए ।

नयाँ समिकरणसँगै नेकपा माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएसँगै पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

मुख्यमन्त्री पाण्डेले चैत्र २२ गतेभित्र विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता थियो । तर, विश्वासको मत जुटाउन नसकेपछि मुख्यमन्त्री पाण्डेले आज राजिनामा दिएका हुन् । उनले संविधानको धारा १६९ को उपधारा १ बमोजिम मुख्यमन्त्रीले पदबाट राजीनामा दिएका हुन् ।

पाण्डेले राजिनामा दिएसँगै फेरि आफ्नै नेतृत्वमा सरकार गठबनको कसरतमा लागेका छन् । सजिलै बहुमत जुटाउन सक्ने अवस्था छैन । सके बहुमत जुटाउन नसकेपनि ठूलो दलको हैसियतमा फेरि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रयास जारी राखेका छन् ।

६० सदस्यीय प्रदेशमा सरकार गठनको लागि ३१ सांसदको समर्थन चाहिन्छ । कांग्रेसको २७ सिट छ भने नेकपा एमालेको २२ सिट छ । त्यस्तै, नेकपा माओवादी केन्द्रसँग ८ सिट छ । राप्रपाको दुई सिट रहेको छ भने स्वतन्त्र सांसदको पनि सहभागिता छ ।

स्वातन्त्र सांसद दिपक मनाङेलाई मन्त्रीको शपथ खुवाएका पाण्डेले माओवादीको चुनाव चिन्हबाट चुनावमा जितेका फणिन्द्र देवकोटाले समर्थन गर्ने विश्वास गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal