आज :

समाजवादको लागि नेपाल उर्वर भूमिः प्रधानमन्त्री प्रचण्ड

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले समाजवादको लागि नेपाल उर्वर भूमि रहेको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले मंगलबार काठमाडौँमा समाजवादी मोर्चाले गरेको कार्यक्रममा बोल्दै हालको संविधानमा समाजवाद र पुँजीवादको समान विशेषता रहेको बताए ।

“नेपालमा समाजवादलाई अगाडि बढाउन उर्वर भूमि रहेको छ । संविधान पूर्ण भनेर हामीले भनेका छैनौँ, यो सम्झौताकै दस्ताबेज हो । त्यहाँ थुप्रै पुँजीवादका विशेषताहरू पनि छन् । थुप्रै समाजवादका विशेषताहरू पनि छन् । समाजवादी धारा र प्रवृत्तिका पार्टीहरू मिलेर जाँदा देश समाजवादतर्फ अग्रसर हुँदै जान्छ । पुँजीवादी र प्रतिक्रियावादीहरुले जित्दै गए भने देशमा प्रतिगामी खतरा पनि हुँदै जाने सम्भावना छ । त्यस कारण हाम्रो जिम्मेवारी छ कि यो संविधानलाई बढी भन्दा बढी प्रगतिशील धारातर्फ अगाडि बढाउनका लागि हामीले आपसी एकतालाई सुदृढ गर्दै इतिहासका अनुभूतिबाट शिक्षा लिँदै अगाडि जान जरुरी छ” प्रधानमन्त्री प्रचण्डले भने ।

नेपाल समाजवादीहरू र देशभक्तहरू अझै पनि एक ठाउँमा केन्द्रित भए समाजवादलाई तीव्र गतिमा अगाडि बढाउन सम्भावना भएको देश बताउँदै प्रचण्डले केही जोखिम भएपनि, केही चुनौती भएपनि देशभक्त बामपन्थीहरुलाई एक ठाउँमा ल्याउने जमर्को गरेको बताए ।

प्रचण्डले समाजवादको जन्म सडकबाट हुने बताउँदै जनता सडकमा हुने र पहिलो प्राथमिकता सडकले नै पाउनुपर्ने बताए । जनताबाट समाजवाद जन्मिने बताउँदै प्रचण्डले सडकबाट समाजवाद जन्माउनका लागि सबै तयार हुनुपर्ने बताए । उनले हरेक राजनीतिक दल सडक वा सरकारमा जहाँ रहे पनि सडकमा भएका जनताबाट समाजवाद ल्याउन अघि बढ्नुपर्ने विचार राखे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal