आज :

नाउपाकी अध्यक्ष रञ्जिता एक्सनमा, बागमतीका अध्यक्ष र गण्डकी इन्चार्ज पार्टीबाट निस्कासित

  • अनलाइन डबली

काठमाडौँ । विवाद बढ्दै गएपछि नागरिक उन्मुक्ति पार्टी विभाजनको डिलमा पुगेको छ । सोमबार केन्द्रीय समिति बैठकमा कुटपिटमा उत्रिएका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीबाट निस्कासित गरेकी छन् ।

अध्यक्ष श्रेष्ठले सोमबार साँझ नै बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योन्जन तामाङ र गण्डकी प्रदेशका इन्चार्ज राजन गुरुङलाई पार्टीबाट निष्कासन गरेकी हुन् ।

तामाङ र गुरुङले बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू रामलाल डगौरा र रमेश विश्वकर्मालाई कुटपिट गरेका थिए ।

अध्यक्ष श्रेष्ठले तामाङ र गुरुङलाई निष्कासन गरेको सबै पार्टीका सबै निकायमा पठाएकी छन् ।

त्यसैगरी अध्यक्ष श्रेष्ठले प्रदेशदेखि केन्द्रसम्म वर्तमान गठबन्धनमा पार्टी सहभागी हुने निर्णय गरिसकेको हुनाले त्यसलाई कार्यान्वयन गर्न पार्टी पङ्क्तिलाई निर्देशन समेत दिएकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal