आज :

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले विहीबार विश्वासको मत लिने, बहुमत जुटाउन मुस्किल

  • अनलाइन डबली

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिने घोषणा गरेका छन् । मंगलबार मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् ।

प्रदेशसभा सचिवालयले बिहीबार ३ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने सूचना निकालेको छ ।

केन्द्रमा नयाँ समिकरण बनेलगत्तै मुख्यमन्त्री शाहले २२ फागुनमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गरेका थिए । शाहले बर्खास्त गरेसँगै माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएको थियो ।

नागरिक उन्मुक्ति, राप्रपा र स्वतन्त्र सांसदलाई जुटाएर सरकारलाई निरन्तरता लिने विश्वासका साथ मुख्यमन्त्री शाहले हतारमा माओवादी मन्त्रीलाई बर्खास्त गरेका थिए । तर, परिस्थिति उनले सोेचेजस्त बन्न सकेन ।

नागरिक उन्मुक्तिका सातमध्ये पाँच सांसदलाई मन्त्री समेत बनाएका मुख्यमन्त्री शाहले राप्रपा र स्वतन्त्र सांसदलाई पनि मन्त्रीको अफर गरिरहेका छन् ।

नाउपाभित्रको लफडाले मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सम्भावना न्यून बन्दै गइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal