आज :

काँग्रेसले भन्यो–गृहमन्त्रीले बचतकर्ताको ८० करोड डुबाए, अब राजिनामा दिनुपर्छ

  • अनलाइन डबली

काठमाडौं । नेपाली काँग्रेसका सांसदले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्न भएको भन्दै राजिनामा दिनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बौल्दै कांग्रेसका सांसद सञ्जयकुमार गौतमले गृहमन्त्रीले गोर्खा मिडिया नेटवर्कको नाममा ९० हजार बढि बचत कर्ताको ८० करोड भन्दा बढि रकम जम्मा गरेको भन्दै पीडितले न्याय कसरी पाउने भन्ने गम्भीर प्रश्न खडा भएको बताए । कानुनी मात्र नभई नौतिकताको आधारमा पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनको भनाई छ ।

“गोर्खा मिडिया नेटवर्कको नाममा ९० हजार बढि बचत कर्ताको ८० करोड भन्दा बढि रकम बुटवलका चितवनका पोखराका सहकारीमा जम्मा भएका दर्जनौ. सहकारीको रकम गोर्खा मिडियामा जम्मा भएको छ । आज त्यो मिडिया सञ्चालनमा पनि छैन । अब त्यो विषयमा कस्ले जवाफ दिने हो ? पीडितले न्याय कसरी पाउने भन्ने गम्भीर प्रश्न छ । यो कानुनी मात्र होइन नौतिक कुरा पनि हो” सांसद गौतमले भने ।

गृह लामिछानेको प्रकरणको विषयमा प्रधानमन्त्री न्यायाधिस बन्न खोजेको र सुरक्षा निकायका प्रमुखले समेत सो विषयलाई फासफुस ढङ्गले क्लीन चिट दिने प्रयास गरेको बताए ।

प्रधानमन्त्री प्रचण्डले न्यायाधीशजस्तो एकदमै हुकुम दिने राजा महाराजा जस्तो क्लीन चिट दिने प्रयास गरेको आरोप पनि लगाए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal