आज :

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय नागरिक उन्मुक्तिको निर्णय

  • अनलाइन डबली

काठमाडौँ । सुदूरपश्चिम प्रदेस सरकार जोगाउने नेपाली काँग्रेसको प्रयास असफल भएको छ ।

सबै सांसदलाई मन्त्री बनाएर पनि सरकार जोगाउने कसरत जारी राखेका बेला मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । योसँगै मुख्यमन्त्री शाहलाई ठूलो झट्का लागेको छ ।

बुधबार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षमा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्य र सांसदहरुको बैठकले नयाँ नयाँ समिकरणलाई समर्थन गर्ने निर्णय गरेपछि मुख्यमन्त्री शाहको कसरतमा ब्रेक लागेको छ ।

बैठकमा सुदूरपश्चिमका ७ जना सांसदहरु मध्ये पूर्वराज्यमन्त्री कैलाशी चौधरी, विना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीको मात्रै सहभागिता रहेको थियो ।

नाउपाका संस्थापक केन्द्रीय रामलाल डंगौराका अनुसार यो निर्णयसँगै नयाँ गठबन्धनसँग वार्ता गर्ने र सोही अनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal