काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले इलाम र बझाङमा पार्टीबाट उम्मेदवार उठाउने निर्णय गरेको छ । बुधबार विहान बसेको पदाधिकारी बैठकले इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ (१) मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले इलाम र बझाङमा उम्मेदवारी दिने निर्णय गरेको बताए । उनले उम्मेदवार टुंगो लाग्न बाँकी रहेको समेत जानकारी दिए ।
माओवादी केन्द्र कोशी प्रदेश समितिले इलाम– २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि गत मंगलबार धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरेको छ ।
सुदूरपश्चिम प्रदेशको बैठक बस्दैछ । शुक्रबार बस्ने बैठकले उम्मेदवारको नाम सिफारिस गर्ने एक नेताले बताए ।