आज :

परराष्ट्रमन्त्री श्रेष्ठ र एनआरएनएको प्रतिनिधि मण्डलबीच भेटवार्ता

  • अनलाइन डबली

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र गैरआवसीय नेपाली संघ (एनआरएनए)को प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । संघका अध्यक्ष विनोद कुँवरको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्रीसँग भेटेको हो ।

भेटमा एनआरएनएको टोलीले संघमा देखिएको विवाद समाधानका उपाय, विचारधिन अवस्थामा रहेको मुद्दा, बार्षिक साधारणसभा, नागरिकता, लगानीमैत्री वातावरणलगायतका विषयमा सुझाव दिएको भेटवार्तामा सहभागी संघकी सचिव जुनु गुरुङले जानकारी दिइन् ।

अध्यक्ष कुँवरले आफूहरु नेपालीमा लगानी गरेर रोजगारी सिर्जना गर्न तयार रहेको बताउँदै त्यसको लागि लगानीमैत्री वातावरण बनाउन सरकारसँग आग्रह गरेका थिए ।

भेटवार्ताको क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले संघ विभाजित हुनु दुःखद् भएको भन्दै तीनवटै पक्षलाई मिल्न सुझाव दिँदै त्यसको लागि आफूले खेल्नुपर्ने भूमिका खेल्ने प्रतिवद्धता जाहेर गरे ।

“तपाईँहरु मिल्नुस्, अब त लाज नै भइसक्यो । तपाईँहरुलाई मिल्नको लागि वातावरण बनाउन के गर्नुपर्छ म तयार छु” श्रेष्ठले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal