आज :

फेरि एक्लिए बाबुराम भट्टराई, ९९ प्रतिशत नेता कार्यकर्ता माओवादी केन्द्रमा फर्किँदै 

  • अनलाइन डबली

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई राजनीतिमा फेरि एकपटक एक्लिएका छन् । नेसपाका अध्यक्ष महिन्द्रराय यादव पक्षको नेतृत्वमा माओवादी केन्द्रसँग एकता गर्ने सहमति भएपछि बाबुराम एक्लिएका हुन् ।

कम्युनिस्ट विचार काम नलाग्ने भन्दै माओवादी केन्द्रबाट छुटिएर नयाँ शक्ति निर्माणमा  जुटेका बाबुराम भट्टराई पटकपटक एक्लिँदै आएका छन् । माओवादीका केही युवा नेताहरु लिएर नयाँ शक्ति गठन गरेका बाबुराम अब भने राजनीतिक हिसाबमा थला पर्ने नेसपाका नेताहरु नै बताउँछन् ।

चुनावअघि पार्टी एकता गर्ने भन्दै माओवादी केन्द्रको चिन्हमा चुनाव लड्न तयार भएका बाबुराम अहिले भने विभिन्न बहानाबाजी बनाउन थालेपछि यादवको नेतृत्वमा एकता हुन लागेको हो । दुई पार्टीका महासचिवले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पार्टी एकता प्रक्रिया अगाडि बढेको बताएका छन् ।

सहमतिमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र नेसपाका महासचिव रमेश यादवले हस्ताक्षार गरेका छन् । यो सहमतिसँगै बाबुराम एकतामा छुटेका हुन् । भट्टराईले आज आफू पक्षिय नेताहरुको बैठक बोलाएका छन् ।

गत मङ्सिर ६ गते नै केन्द्रीय समिति बैठकले माओवादीसँग एकताकोक लागि संयोजन समिति बनाएको थियो ।

सहअध्यक्ष गंगानारायण श्रेष्ठले सिंगो पार्टी माओवादीसँग एकता गर्न लागेको बताए । उनले चुनावअघिको सहमतिअनुसार नै पार्टी एकता हुने बताए ।

पार्टी विभाजनसँगै बाबुरामसँग गएका ९९ प्रतिशत पुराना नेता कार्यकर्ता यो एकतासँगै माओवादीमै फर्किन लागेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal