आज :

माओवादी केन्द्र र नेपाल समाजवादीबीचमा पार्टी एकता सहमती, बाबुराम छुट्ने पक्का

  • अनलाइन डबली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिचमा पार्टी एकता गर्ने चार बुँदे सहमती भएको छ ।

शनिबार नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) का तर्फबाट प्रधानमन्त्री एवम् माओवादी केन्द्रका प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र याय यादवबीच पार्टी एकताको लागि चार बुँदे सहमती भएको छ ।

सहमती पत्रमा माओवादीका तर्फबाट महासचिव देवप्रसाद गुरुङ र समाजवादीबाट पनि महासचिव रमेशप्रसाद यादवले हस्ताक्षर गरेका छन् । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी विभाजित बनेपछि यादवको समूह माओवादी केन्द्रसँग समाहित भएको हो ।

सहमतीमा एकीकृत पार्टीको नयाँ नाम आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय सँगै पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ ।

एकतामा अर्का अध्यक्ष बाबुराम भट्टराई छुट्ने भएका छन् । ‘उहाँ अब छुट्नुभो, उहाँ एक्लो बृहस्पति हो, अब एक्लै पार्टी चलाउनु हुन्छ’ समाजवादीका एक नेताले भने ।

यी हुन् दुई पार्टीका बीचमा र्भको पार्टी एकता गर्ने चार बुँदे सहमती

१. बैठकमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क.पुष्पकमल दाहाल ’प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष क नारायणकाजी श्रेष्ठ र महासचिव क. देवप्रसाद गुरूङ, नेपाल समाजवादी पार्टीको तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी हुनुहुन्थ्यो ।

२ बैठकले दुवै पार्टीका बीचमा पार्टी एकता गर्ने सहमति गरेको छ ।

३ एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरिएको छ ।

४ पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal