Skip
आज :

चलचित्रलाई मनोरञ्जनो साधनको रुपमा मात्रै लिनु गलतः मन्त्री शर्मा

  • अनलाइन डबली

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले, नेपाल चलचित्रको अन्तर्राष्ट्रिय बजारीकरण गर्न आवश्यक रहेको बताएकी छन् ।

बिहीबार काठमाडौंमा आयोजित सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई सम्बोधन गर्दै उनले चलचित्र क्षेत्रमा लाग्नेहरुको जीवनयापनमा समस्या हुनु सबैका लागि बिडम्वनाको विषय रहेको भन्दै नेपाल चलचित्रको अन्तर्राष्ट्रिय बजारीकरण गर्न आवश्यक रहेको बताएकी हुन् ।

“चलचित्र क्षेत्रमा लाग्नेहरुले जीवनयापन कसरी गर्ने भनेर चिन्तित हुनुपर्ने अवस्था हामी सबैका लागि बिडम्वना हो । अब नेपाल चलचित्रको अन्तर्राष्ट्रिय बजारीकरणमा हामीले ध्यान दिन जरुरी छ” मन्त्री शर्माले भनिन् ।

चलचित्र मनोरञ्जनको माध्यम भए तापनि यसलाई मनोरञ्जनको साधनको रुपमा मात्र लिनु गलत रहेको बताउँदै मन्त्री शर्माले चलचित्र मनोरञ्जनको साधन मात्र नभएर सूचनामुलक सन्देशमार्फत सामाजिक रुपान्तरणको लागि योगदान गर्ने असाध्यै सशक्त र प्रभावकारी माध्यम रहेको बताइन् ।

चलचित्रलाई मनोरञ्जनको साधनको रुपमा मात्र लिनु गलत हो भएको बताउँदै मन्त्री शर्माले भनिन्, “यो मनोरञ्जनको साधन मात्र नभएर सूचनामूलक सन्देशमार्फत सामाजिक रुपान्तरणको लागि योगदान गर्ने असाध्यै सशक्त र प्रभावकारी माध्यम हो । चलचित्र आम सञ्चारको माध्यम भएकाले यसले सामाजिक रुपान्तरण गर्नमा महत्वपूर्ण योगदान पु¥याउछ ।” उनले चलचित्र क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal