आज :

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज, गठबन्धनमा ३९ सांसद, विपक्षमा १७

  • अनलाइन डबली

काठमाडौँ । संघीय संसद्को माथिल्लो सभा अर्थात् राष्ट्रिय सभाको अध्यक्ष चयन गर्न आज निर्वाचन हुँदैछ । तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आफ्नो छ वर्षे कार्यकाल पूरा गरी राष्ट्रिय सभाबाट अवकाश भएपछि अध्यक्षका लागि निर्वाचन हुन लागेको हो ।

मंगलबार विहान ११ – ०९ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यक्ष चयनका लागि मतदान गर्ने कार्यसूची रहेको छ ।

सभाको अध्यक्षका लागि सोमबार सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नारायण दाहाल र विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका  बेदुराम भुसाल रहेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा किरणबाबु श्रेष्ठ रहेका छन् ।

मंगलबारको राष्ट्रिय सभा बैठकमा अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा आनन्द प्रसाद ढुङ्गानाले युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् ।

यस्तै, गोपी बहादुर सार्की आछामीले नारायण प्रसाद दाहाललाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् । त्यसपछि सभाको अध्यक्षका गर्ने उपाध्यक्ष उर्मिला अर्यालले दुवै प्रस्तावहरूलाई निणर्यार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

राष्ट्रियसभामा पहिलो दल माओवादीसँग एक मनोनीत र उपाध्यक्षसहित १८ सदस्य छन् । एमालेका १०, एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद छन् । राष्ट्रियसभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धनका तर्फबाट छन् भने विपक्षी गठबन्धनमा कांग्रेसका १६ र लोसपाका एक सांसद् रहेका छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal