आज :

राष्ट्रियसभा निर्वाचनः दाहाल र शर्माले गराए उम्मेदवारी दर्ता

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष निर्वाचनका लागि कांग्रेसका युवराज शर्मा र गठबन्धनबाट माओवादी केन्द्रका नारायणप्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बानेश्वरस्थित संसद् भवनमा पुगेर दाहाल र शर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।

शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा किरणबाबु श्रेष्ठ र लोसपाका शेखर कुमार सिंह रहेका छन् ।
यसअघि कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरे पनि नयाँ सत्ता समीकरणपछि कांग्रेसले शर्मालाई अघि सारेको छ ।

यस्तै, दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल, नेकपा एसका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् ।

राष्ट्रिय सभाको अंकगणितअनुसार सत्ता गठबन्धनले अध्यक्ष सहजै जित्ने अवस्था छ । अध्यक्ष चयनका लागि राष्ट्रिय सभा निर्वाचन भोली हुँदैछ ।

५९ सदस्यीय राष्ट्रिय सभामा माओवादीका १७, कांग्रेसको १६, एमालेका १०, नेकपा एसका ८, जसापका ३, लोसपा र राजमोका एक–एक सदस्य छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal