काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । संघीय संसदले निकालेको सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार आज विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारीको सूचना प्रकाशित गरिने र दिउँसो १ः३० बजे उम्मेदवारीको नाम सार्वजनिक गरिने भएको छ ।
मंगलबार विहान ११ः०९ बजे राष्ट्रियसभा बैठकमा उम्मेदवारीको जानकारी गराउँदै पेश गरिनेछ ।
अध्यक्षका लागि नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाएको छ र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले युवराज शर्मालाई अघि सारेको छ ।
राष्ट्रियसभाको अंक गणित अनुसार माओवादीका उम्मेदवार दाहालले जित्ने निश्चित जस्तै छ ।
निर्वाचन कार्यतालिका