आज :

रेशम चौधरीको ‘इगो’ ले नागरिक उन्मुक्ति फुटको डिलमा 

  • अनलाइन डबली

काठमाडौं । रमेशलाल चौधरीको इगोको कारण नागरिक उन्मु्क्ति पार्टी फुटको डिलमा पुगेको छ । गत निर्वाचनमा पश्चिम नेपालबाट उदाएको नाउपा अर्को चुनावसम्म नपुग्दै आन्तरिक किचलोमा फसेको छ । विशेषगरी थारु समुदायले आशा र भरोसा गरेको नाउपा रेशल जेलबाट छुटेपछि थला परेको हो ।

चौतर्फी विरोध हुँदा पनि थारु समुदायको मनोविज्ञान र भावनालाई सम्बोधन गर्दै सरकारले चौधरीको बाँकी कैद माफी दिएको थियो । प्रधानमन्त्री प्रचण्डको विशेष पहलमा आममाफी पाएका रेशम अहिले विरुद्धमा उभिएका छन् ।

जेलबाट छुटेपछि सुदूरपश्चिम प्रदेश र संघमा मन्त्री हेरफेरको नाउमा किचलो सुरु गरेका चौधरीले नयाँ समिकरणमा खुलेर लागेका छन् । रेशमलाले पार्टीमै निर्णय र सल्लाह नगरी सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमल शाह नेतृत्वको सरकारलाई निरन्तरता दिने भन्दै सरकारमा सहभागी मन्त्रीलाई हटाएर नयाँ मन्त्री पठाए ।

रेशमको उक्त कदमले पार्टीभित्र भुसमा सल्केको आगोझैं बनेको किचलो सतहमा पुगेको थियो । सरकारमा पठाउने उक्त निर्णय अघि निर्वाचन आयोगले रेशमको अध्यक्ष पद खारेज गरिदिएको थियो । आयोगले टिकापुर महाधिवेशन पार्टी विधान अनुसार नभएको भन्दै श्रेष्ठलाई नै अध्यक्ष मान्यता दिएको छ ।

बर्खास्त भएका चौधरीको निर्णयलाई खारेज गर्दै अध्यक्ष श्रेष्ठले शनिबार सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता हुन संसदीय दलमार्फत निर्देशन दिएकी थिइन् । तर यो समाचार तयार पार्दासम्म पनि सरकारमा सहभागी मन्त्रीहरु फिर्ता भएका छैनन् । पार्टीको निर्देशन नमाने विधान अनुसार कारवाही गर्ने श्रेष्ठले चेतावनी दिइसकेकी छन् ।

निर्देशन मानेपछि कारवाही पार्टीले कारवाही गर्ने र योसँगै नागरिक पार्टी विभाजन हुन सक्ने बताइएको छ । यदि पार्टी विभाजन भएमा त्यसको दोष रेशमलाई जानेछ ।

संघमा पार्टी सत्तापक्षमै बसेको छ । संघ र प्रदेश दुबैमा रेशम अल्पमतमा छन् । संघमा बाउ र प्रदेशमा तीन सांसद रेशमको पक्षमा देखिएका छन् ।

अध्यक्ष श्रेष्ठको भूमिकालाई बाइपास गरेर निजि कम्पनीजस्तै गरी पार्टी चलाउन लागेका कारण पार्टीमा विवाद सुरु भएको थियो । आफू नजिककालाई विश्वास गर्ने र उनि जेलमा रहेको बेला पार्टीमा भूमिका खेलेका नेताहरुमाथि पूर्वाग्रह राख्ने थालेपछि असन्तुष्टी बढ्दो थियो ।

एक नेताका अनुसार नयाँ समिकरणमा नेकपा एमाले आएका कारण रेशम असन्तुष्ट बनेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रेशमले इगो लिइरहेका छन् । ‘हाम्रो अध्यक्षले एमाले अध्यक्ष ओलीसँगको इगो लिनुभएको छ, त्यसैले नयाँ समिकरणको विरुद्धमा जान खोज्नुभएको छ’ नाउपाका एक नेताले अनलाइन डबलीसँग भने । उनले इगोकै कारण पार्टी विभाजन भए त्यसको दोष रेशमले लिनुपर्ने समेत बताए ।

पुस २६ गते टीकापुरमा सम्पन्न पार्टीको महाधिवेशनबाट रेशम नयाँ अध्यक्ष बनेका थिए । जेल हुँदा पार्टीमा भूमिका खेलेका नेताहरुलाई बेवास्ता गर्दै नयाँ कार्यसमित निर्वाचित गराएका  थिए । निर्वाचन आयोगले उक्त महाधिवेशनलाई वैधता नदिएसँगै रेशमको अध्यक्षबाट स्वतः हटेका छन् । अब उनी पार्टीको सदस्य मात्रै रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal