आज :

प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएका छैनौंः अध्यक्ष श्रेष्ठ

  • अनलाइन डबली

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता नलिएको बताएकी छन् । उनले अहिले पनि आफूहरु सत्तापक्ष नै रहेको समेत बताइन् ।

शनिबार विहान अनलाइन डबलीसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले भनिन्, “सरकारलाई दिएको समर्थन फिर्ता लिएका छैनौं । हामी संसदमा पनि हामी सत्तापक्षकै कुर्सीमा छौं ।” उनले समर्थन फिर्तालिनेबारे पार्टीमा कुनै छलफल समेत नभएको समेत बताइन् ।

अध्यक्ष श्रेष्ठले पार्टीको निर्णय नगरेरै केही सांसदहरु सुदूरपश्चिम सरकारमा सहभागी भएको बताउँदै फिर्ता हुन निर्देशन समेत दिएकी छन् । शुक्रबार राति मुख्यमन्त्री कमल शाहले नाउपाका चारजना सांसदलाई मन्त्रीको शपथ खुवाएका थिए ।

शनिबार श्रेष्ठले सरकारमा फिर्ता हुन निर्देशन दिएकी हुन् । “पार्टीको निर्णय र विना जानकारी केही मान्यज्यूहरु मन्त्री हुन जानुभएछ, यो पार्टीको आधिकारिक निर्णय थिएन । आज सरकारमा सहभागी सांसदहरुलाई फिर्ता हुन दिर्नेशन दिएका छौं । उहाँहरु आजै सरकारबाट हट्नुहुन्छ” अध्यक्ष श्रेष्ठले भनिन् ।

यदि फिर्ता हुनुभएन भने ? भन्ने प्रश्नमा अध्यक्ष श्रेष्ठले पार्टीको निर्देशन नमान्नेलाई विधि विधान अनुसार कारवाही हुने समेत चेतावनी दिइन् । “पार्टीको विधि र विधान सबैले मान्नुपर्छ । यदि कसैले मान्दैन भने विधानअनुसार अगाडि बढ्छौं” श्रेष्ठले भनिन् ।

अध्यक्ष श्रेष्ठले पार्टीको संंरक्षक समेत रहेका पती रमेशलाल चौधरीले संघ सरकारको समर्थन फिर्ता लिएको र प्रदेशनमा शाह नेतृत्वको सरकारमा सहभागीता लिएर दिएका अभिव्यक्ति पार्टीको आधिकारिक नभएको समेत बताइन् । “कसले के भन्यो भन्ने मैले सुनेको छैन, म पार्टीको अध्यक्ष हो, मेरै कुरा पार्टीका आधिकारिक हो” श्रेष्ठले भनिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal