आज :

नाउपाको विवाद उत्कर्षमा, सुदूरपश्चिम सरकारबाट फिर्ता हुन अध्यक्ष श्रेष्ठको निर्देशन

  • अनलाइन डबली

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । संघमा बनेको नयाँ समिकरण बनेसँगै नाउपाको विवाद सतमा पुगेको हो ।

पार्टीका संरक्षक रहेका रेशमलाल चौधरीले नयाँ समिकरणमा नजाने भनेपछि पार्टीमा पछिल्लो विवाद सुरु भएको हो । अध्यक्ष रञ्जिता श्रेष्ठ नयाँ समिकरणपछि बनेको सरकारको पक्षमा उभिएकी छन् भने चौधरी विपक्षमा ।

संरक्षक रहेका चौधरीले सुदूरपश्चिम प्रदेशमा अल्पमतमा परेका कमलबहादुर शाह नेतृत्वको सरकारमा जान भनेका थिए । सोही अनुसार मुख्यमन्त्री शाहले नाउपाका चारजना सांसदलाई मन्त्री पनि नियुक्त गरे ।

तर, अनलाइन डबलीसँग कुरा गर्दै अध्यक्ष अध्यक्ष श्रेष्ठले शाह नेतृत्वको सरकारबाट सांसदलाई फिर्ता हुने निर्देशन दिएको बताइन् । “मान्यज्यूहरु मलाई जानकारी नदिएरै मन्त्री बन्न जानु भएछ । आजै फिर्ता हुन निर्देशन दिएकी छु । यदि फिर्ता हुनुभएन पार्टीको विधि विधानअनुसार अगागि बढ्छु” अध्यक्ष श्रेष्ठले भनिन् ।

पार्टीको निर्देशनपछि अब संसदीय दलको बैठक बस्ने र सरकारमा सहभागी सबै मन्त्री आजै फिर्ता हुने नाउपाले जनाएको छ ।
नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्य मध्ये शुक्रबारको सरकार विस्तार पछि ३ जना मन्त्री र १ जना राज्यमन्त्री भएका छन ।

संरक्षक रहेका चौधरीले मुख्यमन्त्री शाहसँगको छलफलपछि शुक्रबार राति संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुसीराम चौधरीलाई विना विभागीय मन्त्री र ईन्द्रा गिरिलाई भूमी ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका थिए । उन्मुुक्तिका रामेश्वर चौधरी सहित अहिले ४ जना सरकारमा गएका छन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal