आज :

उत्कृष्ट कार्यसम्पादन गरेका कारण संचारमन्त्रीमा पुनः रेखा शर्मा

  • अनलाइन डबली

काठमाडौँ । उत्कृष्ट कार्यसम्पादन गरेका कारण रेखा शर्मा पुनः संचार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाउने भएकी छन् ।

नयाँ समिकरणसँगै मन्त्रिमण्डल विस्तारसँगै शर्माले पुनः संचार मन्त्रालयको जिम्मेवारी पाएकी हुन् ।

शर्माले संचार मन्त्रालय समालेपछि एनसेल, यूटिएल, स्मार्ट सेलको काण्डमा सरकारको जित भएको छ । त्यस्तै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको मनपरीलाई दायरामा ल्याउने प्रक्रिया सुरु भएको छ ।

त्यसैगरी सरकारी संचारमाध्यमहरुलाई आत्मनिर्भर बनाउँदै जनताको आवाज बुलन्द गर्ने दिशातिर अग्रसर, श्रमजिवी पत्रकारको पक्षमा खेलेको भूमिकाकै कारण शर्मा पुनः संचार मन्त्रालयको जिम्मेवारी पाएकी हुन् ।

मन्त्री शर्माकै भूमिकाका कारण चर्चित टेरामक्स काण्ड छानबिनको दायरामा आएको हो ।

नेपालको दूरसंचार क्षेत्रका विकृत तथा मनपरीलाई नियन्त्रण गरी सेवालाई जनताको पहुँचभन्दा बारिह जान नदिने मन्त्री शर्माको अठोट छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal