आज :

५ बजे मन्त्रीको शपथ : माओवादीबाट अर्थमन्त्री पुन, संचारमा रेखा शर्मा दोहोरिने

  • अनलाइन डबली

काठमाडौं । नयाँ मन्त्रीहरुको आज पाँच बजे शपथ खाने भएका छन् । नयाँ समिकरणसँगै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

माओवादीले अर्थ, परराष्ट्र, संचार, उर्जा र पर्यटन मन्त्रालय पाउने टुंगो लागेको छ । संचारमा पुनः रेखा शर्मा दोहोरिने भएकी छन् भने ऊर्जामा शक्तिबहादुर बस्नेतले निरन्तरता पाउने भएका छन् । यसअघि माओवादीकै भागमा रहेको पर्यटनमन्त्रीमा हितबहादुर तामाङले समाल्ने भएका छन् ।

त्यसैगरी अर्थको जिम्मेवारी वर्षमान पुनले समाल्ने भएका छन् भने हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठले परराष्ट्र समाल्ने भएका छन् ।

त्यसैगरी एमालेबाट पार्टी सचिव समेत रहेका रघुवीर महासेठले सरकारको नेतृत्व गर्ने भएका छन् । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी रबि लामिछाने गृह मन्त्रीको जिम्मेवारी पाउने भएका छन् । रास्वापाबाट शिक्षामन्त्रीमा सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री र उपसभापति डीपी अर्याललाई श्रम मन्त्रीको जिम्मेवारी पाउने भएका छन् ।

एकीकृत समाजवादी र जनता समाजवादीले भने अझै मन्त्रालय र मन्त्रीको टुंगो लागेको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal