
काठमाडौँ । केन्द्रमा बनेको नयाँ समिकरणको प्रभाव प्रदेशसम्म पुगेको छ । संघमा मन्त्रिमण्डलले पूर्णता नपाउँदै प्रदेश सरकार ठूलो हलचल उत्पन्न भएको छ ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी दुई मन्त्रीलाई हटाएका छन् ।
पाण्डेले सामाजिक विकास मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई हटाएको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् ।
माओवादीले प्रदेशमा के गर्ने विषयमा कुनै छलफल नचाएकै बेला मुख्यमन्त्रीले सिम्खडा र जुग्जालीलाई हटाएका हुन् ।
त्यसैगरी उता कर्णालीमा नेपाली काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीलाई राजिनामा गर्न लगाएको छ ।
कर्णालीमा काँग्रेसबाट अर्थमन्त्री बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी राजिनामा दिएका छन् ।