आज :

८ बुँदे सहमतिः राष्ट्रियसभा अध्यक्ष माओवादी, प्रधानमन्त्रीमा छैन आलोपालो

  • अनलाइन डबली

काठमाडौं । चार पार्टीबीच ८ बुँदे लिखित सहमति भएको छ । नयाँ गठबन्धनमा आबद्ध चार राजनीतिक पार्टीबीच सोमबार लिखित सहमति भएको छ ।

सहमतिमा राष्ट्रियसभा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।
एमाले नेताहरुलाई हवाला दिँदै केही संचारमाध्यमहरुले प्रधानमन्त्रीमा आलोपालो सहमति भएको समाचार सम्प्रेशण गरेका थिए । तर, त्यस्तो कुनै सहमति नभएको पुष्टि भएको छ ।

सहमतिको पहिलो बुँदामै सरकारको नेतृत्व प्रचण्डले गर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अध्ययन विषयहरूलाई सहमतिका आधारमा अविलम्ब टुंगो लगाउने उल्लेख छ ।

सरकारमा सहभागी भएका दलहरुकाबीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने, र त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने, नयाँ सरकार गठन प्रक्रियामा सकारात्मक भएका दलहरुसँग संवाद अघि बढाउने सहमति पनि दलहरुबीच भएको छ ।

सहमतिमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, जसपाका अध्यक्ष उपेन्द्र यादव र रबि लामिछानेले हस्ताक्षार गरेका छन् ।

यस्तो सहमतिः

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal