आज :

प्रचण्डसँग रबिले भने- प्रधानमन्त्रीज्यू, मलाई नछुटाउनु होला

  • अनलाइन डबली

काठमाडौँ । नेपाली काँग्रेसका कारण सत्ता गठबन्धन भत्किएको छ । आजै सानो आकारका नयाँ मन्त्रिमण्डल बन्ने भएको छ । काँग्रेसले कोशीमा दिएको धोका, महासमिति बैठकका निर्णयलगायत विषयले नेकपा माओवादी केन्द्रलाई जिस्काउँदै लगेको थियो ।

महामन्त्री गगन थापाको गनगनले गठबन्धन भत्किाउन सहयोग गरेको काँग्रेस नेताहरु नै बताउँछन् । हिजो रातिसम्म बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसहितका नेताहरुसँग गरेको छलफलपछि नयाँ समिकरणलाई अन्तिम रुप दिएको हो ।

विहानै प्रचण्डले गठबन्धन बाहिरका ओली र रवि लामिछानेलाई पनि बालुवाटारमा बोलाएका थिए । त्यतिबेला पनि सामान्य छलफल भएको थियो । तर, अन्तिम रुप भने साँझ अबेरमात्रै दिइएको स्रोतले बताएको छ ।

छोटो समय गृहमन्त्री बनेका रवि लामिछानेले छलफलको सुरुमै आफ्नो दल पनि नयाँ सरकारमा सहभागी हुने बताएका थिए । उनले छलफलकै क्रममा आफूलाई नयाँ सरकारमा नछुटाउन पटकपटक भनेका छलफलमा सहभागी एक नेताले भने । “रविजीले प्रधानमन्त्रीसँग पटकपटक नयाँ सरकारमा आफूलाई नछुटाउन अनुरोध गर्नुभएको थियो” स्रोतले भन्यो ।

“प्रधानमन्त्रीज्यू, नयाँ समिकरणमा मलाई नछुटाउनुहोला, तपाईँको सुशासन र भ्रष्टाचारविरुद्धको अभियानमा सहयोग गरेर जाने मन छ । नयाँ बन्ने सरकारमा मलाई पनि नछुटाउनुहोला” रविको भनाई उदृत गर्दै स्रोतले भन्यो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal