आज :

काँग्रेसका कारण भत्कियो सत्ता गठबन्धनः आजै एमालेसहितको नयाँ मन्त्रिमण्डल, एमालेबाट गिरी र रवि मन्त्री बन्दै

  • अनलाइन डबली

काठमाडौँ । सत्ता गठबन्धनको मुख्य घटक नेपाली काँग्रेसका कारण सरकार परिवर्तन हुने भएको छ ।

काँग्रेसले कोशी प्रदेशमा राष्ट्रियसभामा चुनावमा दिएको धोका, महासमिति बैठकका निर्णय र टीआरसी विधेयकमा खेलेको भूमिकालगायतका कारण गठबन्धन भत्किएर नयाँ समिकरण बनेको हो ।

सोमबार साँझ टुंगिएको नयाँ समिकरणमा नेकपा एमाले, रविको पार्टी, जसमासहित नयाँ सरकार बन्ने भएको छ । त्यस्तै, जनमत पनि नयाँ सरकारमा अटाउने भएको छ ।

एमालेबाट आजै पदम गिरी नयाँ मन्त्री बन्दैछन् भने त्यसैगरी रास्वापाबाट रवि लामिछाने आफै सरकारमा जाने तयारीमा रहेका छन् ।

सचिवालय बैठक सकेर एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटारतिर लागेका छन् । ओली नयाँ मन्त्रीको नाम दिन बालुवाटार जान लागेका हुन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal