आज :

इमाल क्षेत्र नं २ र बझाङमा बैशाख १५ गते उपचुनाव गराउने आयोगको निर्णय

  • अनलाइन डबली

काठमाडौँ । इमाल निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते उपचुनाव हुने भएको छ । रिक्त उक्त स्थानमा निर्वाचन आयोगले आइतबार २०८१ बैशाख १५ गते निर्णय गरेको हो ।

आयोगको आइतबार बसेको बैठकले सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा पनि सोही मितिमा उपचुनाव गराउने निर्णय गरेको हो ।

इलाम–२ मा २०७९ मा भएको निर्वाचनमा एमालेका नेता सुवास नेम्वाङ निर्वाचित भएका थिए भने बझाङ–१ को प्रदेशसभामा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए ।

‘आयोगले आइतबार एक विज्ञप्ति जारी गरेर प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको परामर्श समेतको आधारमा इलाम जिल्ला निर्वाचन क्षेत्र नं २ का रिक्त प्रतिनिधिसभा सदस्य पद एक र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा रिक्त प्रदेशसभा सदस्यको उपचुनाव गराउने जानकारी दिएको छ । ।

नेम्वाङको भदौ २६ गते हृदयाघातका कारण निधन भएको थियो भने सिंहको असार २५ मा सवारी दुर्घटनामा निधन भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal