आज :

कांग्रेस महासमिति बैठक : प्रदेश सभापतिहरूले बोलेपछि आजै समापन

  • अनलाइन डबली

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महासमिति बैठक आज सकिँदैछ । ललितपुरको गोदावरीमा सोमबार उद्घाटन भएको बैठकमा मंगलबार पाँच वटा प्रस्तावहरू पेश भएका थिए भने बुधबार ती प्रस्तावहरूमाथि महासमिति सदस्यहरूले धारणा राखेका छन् ।

अब बिहीबार प्रदेश सभापतिहरूले समूहगत छलफलमा उठेका सुझावहरूलाई संकलन गरेर सुझाव पेश गर्ने तयारी छ । प्रदेश सभापतिहरूले धारणा राखिसकेपछि दिउँसो २ बजेबाट समापन कार्यक्रम हुने सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए ।

बैठकमा उपसभापति पूणर्बहादुर खड्काले पार्टीको भावी नीति र रणनीति, महामन्त्री गगनकुमार थापाले संगठन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव पेश गरेका थिए भने अर्थमन्त्री एवम् पार्टीका प्रवक्ता प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्था र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले पार्टीको लेखा प्रतिवेदन पेश गरेका थिए ।

बुधबार भएको समूहगत छलफलमा गोदावरी हलमा ११०, विशंखुनारायण हलमा ९५, फूलचोकी हलमा ९० र कोन्ज्योसोम हलमा ९० जना महासमिति सदस्यहरूले धारणा राखेका थिए भने अधिकांश जिल्ला सभापतिहरूले पनि बोलेका थिए ।

बैठकले पेश भएका प्रस्तावहरूमाथि धारणा तय गर्दै समापन हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal