आज :

काँग्रेसको महासमिति बैठकः २०८४ को चुनावमा गठबन्धन नगर्ने प्रस्ताव पेश हुँदै

  • अनलाइन डबली

काठमाडौँ । नेपाली काँग्रेसको जारी महासमिति बैठकको आज दोस्रो दिन । बिहान ९ बजेबाट बन्दसत्र सुरु हुँदैछ ।

ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक र प्रवक्ता डा. प्रकाशशरण महतले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।

महामन्त्री थापाको साङ्गठनिक प्रतिवेदनमा सोमबार राति बल्ल सहमति जुटेपछि आज पेश गर्न लागिएको हो । सोमबार अपराह्नदेखि सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा करिब ५ घण्टा पदाधिकारी र पूर्वपदाधिकारीबिच छलफल भएको थियो। थापाको प्रस्तावमा सभापति शेरबहादुर देउवा सहमत भएपछि सांठनिक प्रतिवेदन टुङ्गिएको हो।

महामन्त्री थापाले आफ्नो प्रस्तावमा कांग्रेसले २०८४ सालको आम निर्वाचनमा गठबन्धन नगर्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal