आज :

लिभरपुलले जित निकाल्दा सिटी बराबरीमा रोकियो

  • अनलाइन डबली

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले शानदार जित निकाल्दा दोस्रो स्थानको म्यानचेस्टर सिटी भने बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । लिभपुलको जितमा ३५ औं मिनेटमा डार्विन ग्याब्रिएल नुनेज, ५५ औं मिनेटमा एलेक्सिस एलिस्टर, ६८ औं मिनेटमा मोहमद सलाह र ८६ औं मिनेटमा कोडी म्याथेसले एक गोल गाल गरेका थिए । ब्रेन्टफोर्डका लागि इभान टोनीले ७५ औं मिनेटमा गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।

जितसँगै लिभरपुल ५७ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने ब्रेन्टफोर्ड २५ अंकका साथ १४ औं स्थानमा छ ।

यसैगरी म्यानेचस्टर सिटीले चेल्सीसँग अंक बाडेको छ । सिटी र चेल्सीले एक एक गोलको बराबरी खेल्दै एक एक अंक लिएका छन् । रहिम स्र्टलिङले ४२ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, ८३ औं मिनेटमा रोड्रिले गोल गरेपछि सिटीले बराबरी गर्दै एक अंक लिन सफल भयो ।

बराबरीले सिटी ५३ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहँदा चेल्सी ३५ अंकका साथ १० औं स्थानमा छ । यसैगरी बर्नलेमाथि ५–० को एकतर्फी जित निकालेको आर्सनल तालिकाको दोस्रो स्थानमा छ ।

आर्सनलको जितमा बकायो साकाले व्यक्तिगत २ गोल गर्दा मार्टिन ओडोगार्ड, लियोनार्दो ट्रोसान्ड र केइ हार्भाटेजले एक एक गोल गरेका थिए । आर्सनलसँग पराजित भएको बर्नले भने १३ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

अन्य खेलमा एस्टन भिल्लाले फुलह्यामलाई २–१ गोल अन्तरले पराजित गर्दा वुल्भ्सले टोटनह्यामलाई पनि २–१ को अन्तरमा स्तब्ध बनाएको थियो । त्यसैगरी नटिङघम फरेस्टले वेस्टह्याम युनाइटेडलाई २–० ले हार चखाउँदा न्युक्यासल युनाइटेड र एफसी बर्नमाउथले २–२ गोलको बराबरी खेले ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal