
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशन आज पनि जारी छ । अध्यक्ष प्रचण्डले राखेको विधानको मस्यौदामाथि समूहगत छलफल जारी रहेको छ ।
मंगलबार २० वटा समूह विभाजन गरी छलफल सुरु भएको हो । आज दिउँसो १ बजेसम्म समूहगत छलफल जारी रहनेछ भने २ बजेपछि सुझाव राख्ने क्रम सुरु हुने केन्द्रीय कार्यालयले जनाएको छ ।
विधानमाथिको सुझाव प्रस्तुत गर्न २० वटा समूहले एकजनालाई छान्नेछन् । समूहगत रुपमा राखिएका सुझावलाई उनले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
सुझवा राख्ने क्रम विहीबार विहानसम्म चल्नेछ भने दिउँसो अध्यक्ष प्रचण्डले सुझावको सारसहित सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बिहीबारसम्म चल्ने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी नेता कार्यकर्ताहरू सहभागी छन् । सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय संगठनका पदाधिकारीको सहभागिता रहेको छ ।