आज :

कोशी सरकार पहिचान पक्षधरबीच भएको सहमतिमा के छ ? आन्दोलनको रुप कस्तो हुन्छ ?

  • अनलाइन डबली

काठमाडौं । कोशी प्रदेश सरकार र आन्दोलनरत पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । आज (शुक्रबार) बिहान दुबै पक्षबीच भएको वार्ताले पाँच बुँदे सहमति तय गरेको हो ।

सहमतिमा फागुण १० गतेअघि अर्को वार्ताको समय मिलाउनेलगायत पाँच बुँदामा सहमति भएको छ । सहमतिको पहिलो बुँदामा ‘प्रदेशको पुनः नामकरण सम्बन्धमा सहमति हुने राजनीतिक बातावरण बनाउन सरकार एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाउने’, भनिएको छ ।

आन्दोलनरत पक्षले आन्दोलनको स्वरूप परिवर्तन गरी शान्तिपूर्ण राजनीतिक गतिविधि अघि बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने सहमतिको दोस्रो बुँदामा सहमति गरिएको छ । त्यसैगरी पहिचानको आन्दोलनका क्रममा भएका घाइतेहरूको उपचार व्यवस्थापन र शहीद परिवारलाई क्षतिपूर्तिको व्यवस्था प्रदेश सरकारले प्रबन्ध गर्ने उल्लेख छ ।

पहिचानको आन्दोलनको क्रममा कारागारमा रहेकाहरूको रिहाइ र मुद्दा लागेका व्यक्तिहरूको मुद्दा फिर्ताको प्रक्रिया प्रदेश सरकारले अगाडि बढाउने सहमतिको चौथो बुँदामा उल्लेख गरिएको छ भने पाँचौँ बुँदा ‘दुवै पक्षका वार्ता समिति संयोजकहरूले आपसमा समन्वय गरी फागुन १० गतेभन्दा अगाडि बस्नेगरी समय र स्थान निर्धारण गर्ने’ भनिएको छ ।

शुक्रबार सरकारी वार्ता टोली र पहिचान पक्षधर वार्ता समितिका सदस्यबीच छलफल भएको थियो । जसमा सरकारका तर्फबाट वार्ता समितिका संयोजक कमलप्रसाद जबेगू, गणेशप्रसाद उप्रेती र प्रदेश सचिव लक्ष्मीप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् भने पहिचान पक्षधर संयुक्त संघर्ष समितिको वार्ता समितिका तर्फबाट डकेन्द्रसिंह थेगिम, गोविन्दबहादुर आङबुहाङ, युवराज राई, दिवस राई, लाक्पा शेर्पा, कुमार लिङदेन, पदम लिम्बु, अर्जुन जम्नेली राई, डम्बर लावती जेन्टल, पदम जबेगु र चन्द्रकुमार चौधरीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

यसअघि बिहीबार पनि दुई पक्षबीच वार्ता भएको थियो । प्रारम्भिक छलफलपछि शुक्रबार बिहान भएको वार्तामा सहमति जुटेको पहिचान पक्षधर वार्ता समितिका सदस्य दिवस राईले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal