आज :

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, २८ गतेबाट केन्द्रीय समिति बस्दै

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आजबाट सुरु हुँदैछ । बैठक भोलिसम्म चल्नेछ ।

केन्द्रीय कार्यालयका अनुसार आज दिउँसो ३ बजे बैठक बोलाइएको छ । बैठकमा समितिले तयार गरेको मस्यौदा विधानमाथि बैठकमा छलफल हुने बताइएको छ ।

आज र भोलि बस्ने स्थायी समितिबारे समान धारणा बनाउने र पर्सी केन्द्रीय समिति बैठक बोलाइएको छ । स्थायी समितिले तयार गरेको प्रस्ताव केन्द्रीय समितिले पारित गरेपछि विधान महाधिवेशनमा पेश गर्ने तयारी रहेको छ ।

समितिले तयार पारेको विधानलाई तल्लो तहसम्म पुर्याएर सुझाव संकलन समेत गरिएको थियो । माओवादीले वधानलाई चुस्त दुरुस्त बनाउने  बताएको छ ।

केन्द्रीय समिति बैठक २८ र २९ गते बस्नेछ भने फागुन १ देखि ३ गतेसम्म विधान महाधिवेशन चल्ने माओवादीले जनाएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal