आज :

न्यू जेनिथ इंग्लिश मोडेल स्कुलले रजत जयन्ती मनाउदै

  • अनलाइन डबली

काठमाडौं । न्यू जेनिथ इंग्लिश मोडेल स्कुलले रजत जयन्ती मनाउने भएको छ ।  आज काठमाडौमा एक पत्रकार सम्मेलन गरेर आइतवार माघ २८ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष कार्यक्रम गरी मनाउने तयारी गरेकोको स्कुलका प्रिन्सिपल राज महर्जनले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा हुने सो कार्यक्रममा स्कुल स्थापनादेखि हालसम्मको गतिविधिहरु तथा सांस्कृतिक कार्येक्रम हुने  जानकारी प्रधानस्ध्यापक  महर्जनले बताए । उनका अनुसार ६० भन्दा बढि विद्यार्थीहरुको म्यूजिकल ओरस्चेस्ट्रा , म्युजिकमा अधारित तेक्वाण्डो सो, स्काउट पिरामिट, गीतहरुको प्रस्तती गरिने छ ।

आईतावर १२ बजे प्रज्ञा भवनमा हुने यस कार्यक्रममा अतिथिको रुपमा प्याबसनको अध्यक्ष प्रेमकुमरा राई, ज्यापु महागुुथी, नगर कमिटिका पञ्च नारायण महर्जन, त्यसैगरी काठमाडौं महानगरपालिका वडा १८, १७, १९, १५, २४ र २३ का वडा अध्यक्षहरु हुनेछ ।

साथै प्रधानस्ध्यापक महर्जन आफुले  शिक्षण पेशाको ३० बर्षको अनुुभव र भोगाईमा आधारित रहेको  एक पुस्तक विमोचन समेत गरिने भएको छ , भने ‘ थर्ड युनिभर्स अफ न्यू जेनिथ स्कुल ’ नामक म्यागेजन पनि विमोचन गर्ने कार्यक्रम रहेको छ । सो स्कुलमा ५ देखि २५ बर्षसम्म सेवारत शिक्षक, शिक्षिका तथा कर्मचारीहरुलाई सम्मान समेत गरिने उनले बताए ।

वि.स. २०५६ सालमा प्राइमरी ब्लक अफ जेनिथ इंग्लिस सेकेण्डरी स्कुल बाफलको नामबाट  ७४ जना विद्यार्थीबाट सुरु गर्दै  नर्सरी देखि कक्षा ५ सम्म सञ्चलान गरी विभिन्न उतार चराव बीच हाल  ९५० जना रहेको र कक्षा १२ सम्म सञ्चालन भइृरेको छ ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal