आज :

सत्तारुढ दलका बैठकः राष्ट्रियसभा अध्यक्ष चयन मुख्य एजेण्ड, माओवादीको दाबी

  • अनलाइन डबली

काठमाडौं । सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नाउपा लगायत दलका नेताहरु सहभागी छन् ।
बैठकमा मुख्यमन्त्री पनि सहभागी भएको बताइएको छ ।

आजको बैठकको मुख्य एजेण्ड राष्ट्रियसभा अध्यक्ष, संघीयता कार्यान्वयनबारे मुख्यमन्त्रीहरुले उठाउँदै आएका कुरालगायत संसदलाई विजनेश दिनेबारे छलफल भइरहेको स्रोतको दाबी छ ।

फागुन २२ गते राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिँदैछ । राष्ट्रियसभा निर्वाचन सकिएसँगै दलहरु अध्यक्षको उम्मेदवारबारे दलहरु अनौपचारिक छलफलमा जुटेका थिए ।

राष्ट्रियसभामा पहिलो दल बनेको नेकपा माओवादी केन्द्रले अध्यक्ष दाबी गरेको छ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बुधबार एक सार्वजनिक कार्यक्रममा अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको बताएका थिए ।

त्यसैगरी नेपाली काँग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई अगाडि सार्ने तयारी गरेको छ । गठबन्धनमा कसलाई अध्यक्षको उम्मेदवार बनाउनेभन्नेमा सहमति जुटेको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal