आज :

ओली सरकारको पालामा गिरीबन्धु टी स्टेटमा भएको ‘सेटिङ’ सर्वोच्चद्वारा खारेज, खाएको पैसा के होला ?

  • अनलाइन डबली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा प्रधानमन्त्री भएको बेला भएको गिरीबन्धु टी स्टेटको जग्गा सम्बन्धी भएको निर्णय खारेज भएको छ । ओली नेतृत्वको मन्त्रिपरिषदले हदबन्दीभन्दा बढी रहेको जग्गा अन्यत्र सट्टापट्टा गर्ने गरी स्वीकृत दिएको थियो ।

बुधवारको संवैधानिक इजलासले उक्त स्वीकृत गर्ने निर्णय बदर गर्ने फैसला गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले अधिवक्ता ओमप्रकाश अर्याललगायतबाट दायर रिटकै पक्षमा फैसला सुनाएको हो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत, सपना प्रधानमल्ल र सुष्मालता माथेमा रहेका थिए । संवैधानिक इजलासले अधिवक्ता ओमप्रकाश अर्याल, ओमप्रकाश मिश्र र भक्तराज भारती समेत भई दायर भएको दायर भएको रिक्त रिटलाई एकसाथ राखी सुनुवाइ भइरहेको थियो ।

बहुचर्चित मुद्दालाई गत माघ ३ गतेदेखि सर्वोच्चले हेर्दाहेर्दैमा राखी सुनुवाइ गरिरहेको थियो ।
तत्कालिन ओली नेतृत्व सरकारले गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गरी उक्त स्थानमा आवासीय प्रयोजनका लागि प्लटिङ गर्न सघाउ पुग्ने गरी स्वीकृति दिएको थियो । त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।

बिर्तामोडमा रहेको उक्त जग्गाको मूल्य बढेको कारण टी स्टेटलाई नै अन्यत्र सारी त्यहाँ प्लटिङ गर्न खोजिएको थियो । त्यसबाहेक उक्त जग्गा टी स्टेट सञ्चालनका लागि खरिद गरिएको नभई हदबन्दीभन्दा बढी भएको जग्गा प्रचलित कानुनको अधीनमा रही जफत गर्नुपर्ने समेत निवेदनमा उल्लेख थियो ।

संवैधानिक इजलासमा उक्त हदबन्दी, जग्गा सट्टापट्टा गर्ने भूमिसम्बन्धी ऐनको व्याख्या र नेपाल सरकारको निर्णय संविधान विपरीत रहेको हो कि होइन भन्ने सम्बन्धमा सुनुवाइ भइरहेको हो ।

उक्त जग्गा प्लटिङ गर्ने दिने गरी ऐन ल्याउन एमाले नेतृ तथा तत्कालि भूमी सुधारमन्त्री पद्मा अर्याल र प्रधानमन्त्री केपी शर्मा ओली नै लागेको आरोप लाग्दै आएको छ । एमालेको चितवनमा सम्पन्न महाधिवेशनको खर्च उक्त जग्गा प्लटिङको गर्न लागेको भूमाफियाले तिरिदिएको आरोप मेडिकल व्यवसायी दुर्गा प्रसाईले सार्वजनिक रुपमा बताउँदै आएका छन् । उनले त्यसबापत एमालेलाई एक अर्ब रुपैयाँ भूमाफियाले दिएको आरोप लगाउँदै आएका छन् ।

उक्त जग्गा प्लटिङको लागि मिलाउने भन्दै अन्य राजनीतिक दल तथा विचौलियाले पनि मोटो रकम बुझेको आरोप लाग्दै आएका छन् ।

यदि प्रसाईले लगाएको आरोप सही भए अब उक्त पैसा के हुन्छ होला ? एमालेले भूमाफियासँग कसरी जवाफ दिन्छ होला भन्ने प्रश्न उठेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal