आज :

प्रतिनिधिसभामा दलका नेताले सम्बोधन गर्दै

  • अनलाइन डबली

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठकमा दलीय आधारमा नेताहरुले मन्तव्य राख्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । हिउँदे अधिवेशनको सोमबारदेखि बैठक सुरु भए पनि पहिलो दिन नेताहरूले भनाइ राखेका थिएनन् ।

आजको बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक दफावार छलफलसहित पारित गर्ने कार्यसूचीमा रहेको छ ।

यस्तै, संघीय संसदको राष्ट्रिय सभाको बैठक पनि आजै बस्दै छ ।

बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो ११ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको छ ।

बैठकमा राष्ट्रिय सभा नियमावली २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन २०८० छलफलका लागि प्रस्तुत गरिने छ ।

यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यायधेश २०८० लाई स्वीकृतिका लागि राष्ट्रिय सभालाई प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal