आज :

राष्ट्र बैंकले बजारबाट ४५ अर्ब रुपैयाँ खिच्दै, यस्तो छ कारण

  • अनलाइन डबली

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बजारबाट ४५ अर्ब रुपैयाँ खिच्न लागेको छ । बजारमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले १४ दिन अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत ४५ अर्ब रकम खिच्न लागेको हो ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ । सूचनामा इच्छुक क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म आवेदन दिन सक्ने जारी सूचनामा उल्लेख छ ।

इच्छुक आवेदकले प्रस्तावित ब्याजदरसहित घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन् । उक्त निक्षेप संकलनका लागि न्यूनतम ब्याजदर बोलकबोल प्रक्रिया मार्फत तय हुनेछ । बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

उक्त निक्षेप २०८० फागुन ९ गते परिपक्व हुनेछ ।

यस अघि राष्ट्र बैंकले हिजो माघ २३ गते ४० अर्ब संकलन गरेको थियो । राष्ट्र बैंकका अनुसार माघ २३ को बोलकबोल प्रक्रियामा १६ वटा बैंक तथा वित्तीय संस्था सहभागी भएका थिए । यी संस्थाले कुल ७३ वटा आवेदन पेश गरेका थिए । राष्ट्र बैंकले ४० अर्ब खिच्नको लागि आवेदन माग गरेकोमा बैंकहरुले ४६ अर्ब १५ करोडसम्म रकम अफर गरेका थिए ।

गत मङ्सिर, पुस र माघमा गरि राष्ट्र बैंकले बजारबाट ५ खर्ब बढी रकम निक्षेप संकलन प्रक्रियाबाट खिचिसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal