
काठमाडौँ । चौधरी ग्रुपका मालिक तथा व्यवसायी अरुणकुमार चौधरी हाजिर जमानीमा आज रिहा हुँदैछन् । बाँसबारी छालाजुत्ता कारखानाकाे जग्गा कब्जा प्रकणमा प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।
प्रहरीले सोमबार म्याद थपको लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थिति गराएको थियो । अदालतले माघ २२ देखि लागू हुने गरी दुई दिनको म्याद थप गरेपनि मंगलबारसम्ममा रिहा गर्न आदेश दिएको छ ।
म्याद पनि थप गर्ने आज रिहा गर्न आदेश दिने न्यायाधीश हुन् यज्ञप्रसाद आचार्य । उनको एकल इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न सीआईबीलाई आदेश दिएको छ ।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (६) बमोजिम अदालतले उक्त आदेश दिएको आदेशमा उल्लेख छ । अदालतले सोही प्रकरणमा पक्राउ परेका अन्य दुई जनालाई पनि मंगलबारसम्मकै रिहा गर्न आदेश दिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयबाट म्याद थप गर्न माग गर्दा आधार लिएका विषयवस्तुमा प्रतिवादीहरुलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्ने पर्ने सम्मको अवस्था नदेखिएको अदालतको ठहर छ ।
यस्तो छ आदेश