आज :

बद्री समूहले गर्यो एनआरएनए कोषको हिनामिना, ‘मस्ती’ गरेको बील सदर गर्न कर्मचारीलाई दबाब

  • अनलाइन डबली

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष बद्री केसीले हालै चन्द्रागिरी हिल्स रिसर्टमा आफ्नो समूहको भेलामा गरिएको लाखौं खर्च सदर गर्न केन्द्रीय कार्यालयका कर्मचारीहरुलाई दबाब दिएको खुलासा भएको छ ।

केन्द्रीय कार्यालय वालुवाटारमा कार्यरत सहायक निर्देशक बन्दना शर्माले अध्यक्ष केसीको निर्देशनमा कार्यकारी निर्देशक (सिइओ) राजेन्द्र कुमार राउतले एनआरएनएभित्र आर्थिक तथा पदीय दुरुपयोग गर्दै आएको भन्दै सबै पदाधिकारीहरुलाई इमेल पठाएकी छन् ।

“सुरुवाती दिनहरूमा मसँग सल्लाह गर्ने, मलाई सचिवालयका कर्मचारी र अन्य सरोकारवालासँगको बैठकमा सहभागी गराउनेजस्ता काम गर्नुभएको थियो तर चुनाव पछिका दिनहरू, प्रमुखतः गत अक्टोबरमा होटेल सोल्टी काठमाडौंको कार्यक्रममा बिशेषगरी मदिरामा भएको खर्च सम्बन्धमा, ट्याक्सीको बिलको बारेमा मैले उठान गरेका विषयहरू र रात्री भोजको मदिराको बिलमा हस्ताक्षर नगर्ने र आउँदा दिनमा कुनैपनि कार्यक्रममा मदिरा सम्बन्धितका बिलमा हस्ताक्षर नगर्ने निर्णय तपाईँलाई सुनाएलगत्तै मैले गर्दै आएका कामबाट पनि अलग राख्नुभयो । सो रात्रि भोजको आयोजना गर्दा मदिराको खर्च समेत संस्थाको कोषबाट तिर्ने निर्णय सहि होइन भन्ने अडान राखी बिलमा हस्ताक्षर गर्न अस्विकार गरे पश्चात म प्रशासनिक प्रमुखलाई संलग्न नगरी प्रशासनका अन्य कर्मचारीसंग मात्रै सरसल्लाह गरी प्रशासनिक प्रमुखलाई केवल निर्णय सुनाउने काम गर्न थाल्नुभयो” शर्माले भनेकी छन् ।

राहत वितरण गर्न जम्बो टोली

संस्थाको गाडी किन्ने विषय, गाडीको प्रयोजन र खर्चको विश्लेषणको प्रसंग साथै भूकम्प प्रभावित जाजरकोटमा राहत बाँड्न जाँदाको खर्चको विषयमा पनि आफ्नो असहमति रहेको उल्लेख गरेकी छिन् । राहत वितरण गर्न जाँदा भएको खर्च राहतका लागि उठेको रकमबाट खर्च गर्न नहुने सुझाव दिँदा प्रमुख कार्यकारी निर्देशक राउतले “तपाई प्रोबेसन पिरियडमा हुनुहुन्छ । अनि जे कुरामा पनि असहमति राख्दा तपार्इँलाई अप्ठ्यारो पर्न सक्छ । यसमा त मदिराको बिल छैन नि” भनेर दवाब दिएको उनले उल्लेख गरेकी छन् । शर्माले अगाडि भनिन्, “मैले अध्यक्षज्यू र महासचिवज्यू समक्ष यो कुरा राख्ने कुरा गर्दा ’यु आर भाइलेटिङ द चेन अफ कमान्ड’ भन्नुभयो । यो सुझाव मुख्यतः अहिलेको परिस्थितिमा संस्था र बोर्डको हितमै थियो । तपाईं अध्यक्षज्यू र पदाधिकारीज्यूहरूलाई सहि सुझाव दिने पदमा हुँदा पनि दिई राख्नु भएको छैन, त्यसमा पनि मलाई आपत्ति छ ।”

संघको आरके शर्मा नेतृत्वको समूहले पनि सहयोग रकम संकलन गरी आफ्नै खर्चमा रुकुम पश्चिम तथा जाजरकोटमै पुगेर राहत वितरण गरेका थिए । तर केसीको टोलीले भने राहतका लागि भनेर संसारभरिबाट एनआरएनहरुले पठाएको रकम आतेजाते, होटल र खानामा खर्च गरेको खुलासा भएको हो ।

यस विषयमा बिनाकुनै म्यान्डेट काठमाडौंको चन्द्रागिरीमा तीनदिने आवासीय कार्यशाला गोष्ठी आयोजना गर्न भन्दै जथाभावी रकम खर्च गरेकोप्रति आपत्ति आपत्तिजनक भनेको छ ।

कार्यक्रमको नाममा मस्तीमा कोषको दुरुपयोग नगर्न आरके समूहका नेताहरुले चेतावनी दिएका छन् ।

अघिल्लो विश्व सम्मेलनको वैधानिकताबारे मुद्दा अदालतमा विचाराधिन अवस्थामा भएकै बेला यी दुईवटै समूहले गत असोज ३० देखि कात्तिक ३ गतेसम्म काठमाडौंको होटल सोल्टीमा ११औं महाधिवेशन गरेका थिए ।

अनलाइन भोटिङ सिस्टममा गम्भीर अनियमितता गरिएको प्रमाण भेटिएपछि यो समूह विभाजित भएर समानान्तर गतिविधि गरिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal