
काठमाडौं । सुशासन कायम गर्न बेथितिविरुद्ध धावा बोलिरहेको सरकार झन् आक्रामक हुने देखिएको छ । यसको पछिल्लो उदाहरण हो अरुण चौधरीको पक्राउ । जहिले पनि सत्ता शक्तिको दुरुपयोग गर्दै आफ्नो करछलीदेखि सार्वजनिक सम्पतीमाथि आँखा लगाउँदै आएको चौधरी ग्रुपमाथि छानविन हुने भएको छ ।
प्रहरीले काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा हडपेको आरोपमा अर्बपति विनोद चौधरीका भाई तथा चौधरी ग्रुपका सदस्य अरुण बिहीबार पक्राउ परेको छ । प्रहरीले अरुणका व्यापारिक साझेदार अजितनारायण सिंह थापालाई पनि पक्राउ गरेको छ ।
सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक रहेका अरुणलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पलाजिम्पाटस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो भने सिंहलाई बत्तीसपुतलीबाट पक्राउ गरेको थियो ।
अजितनारायण तत्कालिन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष भिए । त्यस्तै प्रहरीले सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको छ ।
उनिहरुलाई थुनामा राखेर थप अनुसन्धान का लागि काठमाडौँ जिल्ला अदालतले चार दिनको म्याथ थप समेत गरेको छ ।
२०४३ कात्तिक २७ मा कपडाका जुत्ता उत्पादन गर्ने उद्देश्यले कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको च्याम्पियन फुट वेयरले तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा खरिद गरेको थियो । उक्त खरिद प्रकरणमा मिलेमताे भएको प्रहरीको दाबी छ । यतिले नपुगेपछि ६ रोपनी जग्गा २०४४ को भदौमा र थप चार रोपनी जग्गा मंसिर १८ मा च्याम्पियन फुटवेयरको नाममा सारिएको थियो ।
चीन सरकारले २०२२ साउनमा छाला उद्योग स्थापना गरिदिएको थियो । उक्त कारखानासँग ८३ रोपनी जग्गा थियो । सरकारी जग्गा बेच्ने अधिकारी मन्त्रिपरिषद्लाई मात्रै भएपनि सञ्चालक समितिले प्रतिरोपनी साढे २ लाखका दरले १० रोपनी (दुई पटक गरी) जग्गा २५ लाखमा च्याम्पियन फुटवेयरलाई बेचेको थियो ।
यसरी जग्गा कब्जा गरी मनाइएको च्याम्पियन फुटवेयरको सरकारी उद्योगलाई २५ सय कित्ता सेयर दिएको थियो । बाँकी शेयर चौधरी परिवारकै थियो । जसमा विनोद, अरुण, वसन्त, बाबु लुनकरणदास, दिदी गंगादेवी र भिनाजु महेशकुमार अग्रवालको नाममा शेयर थियो ।
२०४६ सालको परिवर्तनपछि बनेको कांग्रेस सरकारले बाँसबारी छाला जुत्ता कारखाना बन्द गरेको थियो । त्यसपछि चौधरी लगायतका माफियाले सरकारी जग्गा हिनामिनाको मास्टर प्लान बनाएका थिए ।
प्रधरी अर्बपति सांसद विनोद चौधरीमाथि पनि छानविन सुरु गरेको स्रोतको दाबी छ । अब विनोद पनि शक्ति र पैसाको आडमा उम्किन नसक्ने अवस्थामा पुगेका छन् ।